मर्स्याङ्दिमा बस खस्याे, ३ जनकाे मृत्यु, ७ गम्भीर

नौलो समाचार संवाददाता
२०७६ चैत्र ९, आईतबार मा प्रकाशित ३५८ पटक पढिएको
मर्स्याङ्दिमा बस खस्याे, ३ जनकाे मृत्यु, ७ गम्भीर

चैत ९, काठमाडौं । आबुखैरेनी स्थित मस्र्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ४२९४ नं.को बस आइतबार साँझ करिव ६ः३० बजे दुर्घटनाग्रस्त भएको हो ।

घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइतेहरुको चितवन मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको निरिक्षक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस