कोरोना त्रास : आवत-जावत रोक्न पुल नै भत्काइयो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ३१० पटक पढिएको

कोरोना त्रास : आवत-जावत रोक्न पुल नै भत्काइयो

चैत २६, बाजुरा । सुदूरपश्चिम प्रदेशमा एकै दिन तीनजनामा कोरोना पोजेटिभ देखिएपछि ग्रामीणस्तरमा त्रास बढेको छ ।त्योसँगै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनु मा थप कडाई गरेको छ ।

लकडाउन कडाई गर्न अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइ दिएको छ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जना रोक लगाएको छ। तर ग्रामीण भेगमा यसको कुनै असर परेको छैन। मानिसको आवत-जावत नरोकिएपछि मेल्लेख गाउँपालिकाले सीमा जोड्ने पुल नै भत्काइ दिएको हो।

बाजुरा अछाममा भारतबाट आएका धेरै मानिस गाउँमा खुलेयाम घुमिरहेका छन् । भारतबाट आएका सुदूरपश्चिमकै दुई जनामा कोरोना पोजेटिभ देखिएको छ। अहिलेसम्म सुदूरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिसकेको छ। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पुलका नट पुन: मिलाउने गरी खोलेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस