चैत्र २९, काठमाडौं । नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक एसएसपी नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी छन् ।
उनीहरुलाई गएराती गृहमन्त्रालयमा बसेको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेको हो । डीआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक आईजीपी सदस्य र एक जना एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
गत सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले साधारण सेवा तर्फको २६ जना डीआईजीको दरबन्दी मध्ये १४ जना मात्र कायम गरेपछि बढुवाको बाटो खुलेको हो । गत माघ २८ गतेदेखि २६ मध्ये २२ पद रिक्त थिए । १० जना बढुवासँगै अब १४ जना दरबन्दी भएको डीआईजी पदपुर्ति भएको छ । ४ जना यसअघिनै कार्यरत छन् । १० जना डीआईजीको लागि ३४ जना प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया दिनुहोस