भारतमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या ५०७, १५ हजार बढी संक्रमित

नौलो समाचार संवाददाता
२०७७ बैशाख ७, आईतबार मा प्रकाशित ५३४ पटक पढिएको

भारतमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या ५०७, १५ हजार बढी संक्रमित

बैशाख ७, एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार २०५ रहेको छ । यसमध्ये २२ सय ३० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस