थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ४२९ पटक पढिएको

थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित

बैशाख ९, काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उदयपुरका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको।

नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटा संक्रमण पुष्टि भएको बताए। योसँगै संक्रमितको संख्या ३२ पुगेको छ। चार जना उपचारपछि घर फर्किसकेका छन्।

उदयपुरमा अरु केहीमा पनि कोरोनाको आशङ्का गरिएकाले उनीहरुको धरान र कोशी अस्पतालमा परीक्षण थालिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार ९५६ को आरडिटीबाट परिक्षण गरिएको छ। बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन्। २६७ जना रेड जोनमा परेका छन्।


प्रतिक्रिया दिनुहोस