कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना, डिस्चार्ज हुनेको संख्या ७ण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित ५१६ पटक पढिएको

कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना, डिस्चार्ज हुनेको संख्या ७ण

बैशाख १०, काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। यससँगै कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ।

आज थपिएका ३ जना सबै पुरुष नै हुन्। २४, ६० र ७२ वर्षका हुन् उनीहरु।

उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उदयपुरको क्वारेन्टाइनमा रहेका उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिएको छ ।

यसअघि उदयपुरका नै २४ जना कोशी अस्पतालमा उपचाररत छन्। यससहित उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

त्यसैगरी सेती अस्पतालमा उपचार गराइरहेका एकजना र टेकु अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस