थप ५७ जनामा देखियाे संक्रमण, संक्रमितकाे संख्या १९१ पुग्याे

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ६२५ पटक पढिएको

थप ५७ जनामा देखियाे संक्रमण, संक्रमितकाे संख्या १९१ पुग्याे

बैशाख ३०, काठमाडौँ – नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज (मंगलबार)दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ।

नयाँ संक्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेका छन् । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस