पर्वत अस्पतालका २ डाक्टर सहित ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित १०७७ पटक पढिएको

पर्वत अस्पतालका २ डाक्टर सहित ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

असार ५, पर्वत। पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।

स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको छ। अस्पतालले अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी विज्ञप्ति मार्फत दिएको छ।

अस्पतालका अनुसार २ जना डाक्टर, एक जना नर्स, एक जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस