निजी विद्यालयको आन्दोलनका कार्यक्रम स्थगित

नौलो समाचार संवाददाता
२०७७ अषाढ २२, सोमबार मा प्रकाशित ७२७ पटक पढिएको

निजी विद्यालयको आन्दोलनका कार्यक्रम स्थगित

असार २२, काठमाडौं । निजी विद्यालयले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

शुल्क उठाउन पाउनु पर्ने लगायतका माग राखेर प्याब्सन र एनप्याब्सनले आजदेखि वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने निर्णय गरेका थिए ।

आइतबार शिक्षा मन्त्रीले बोलाएर तत्कालका लागि स्थगित गर्न आगह्र गरेपछि निजी विद्यालय आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

‘मन्त्रीज्युले अहिललाई स्थगित गर्नुहोस् । निजी विद्यालयको समस्या छिटै समाधान हुन्छ भनेपछि केही दिनका लागि स्थगित गरेका हौं,’ एनप्याब्सन महासचिव सुवास न्यौपानेले भने, ‘वार्ता सकारात्मक नभए हाम्रो आन्दोलन यथावत हुन्छ ।’

आइतबारको बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, संस्थागत अभिभावक संघ, शिक्षक महासंघ संस्थागत शिक्षक युनियनका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस