पनौतीमा आज बिहानसम्म थप १२ जनालाई कोरोना संक्रमण पुष्टी

नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित १४६१ पटक पढिएको
पनौतीमा आज बिहानसम्म थप १२ जनालाई कोरोना संक्रमण पुष्टी

बैशाख १६, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको पनौतीमा क्षेत्रमा आज (विहिबार) बिहानसम्म १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

पनौती वडा नम्बर १० का एक व्यक्तिमा संक्रमण पुष्टि भएपछी उनको सम्पर्कमा आएका अन्य ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङको आधारमा परिक्षण गर्दा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हिजो वुधबार २३ जनाको PCR परिक्षण गर्दा ६ महिला र ६ पुरुष गरि १२ जनालाइ संक्रमण भएको पनौती नगरपालिका स्वस्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

हिजोमात्र पनौती वडा नम्बर १० का १७ जनामा संक्रमण पुष्टी भएको थियो। संक्रमित पनौती खोपासीमा एक विहे भोजमा सहभागी भएको र उनको सम्पर्कमा आएका अन्यको पनि परिक्षण कार्य भैरहेको र संक्रमित अझै बढ्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस