देशभर आज थपिए ९ हजार ४८३ संक्रमित, २२५ संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २८, मंगलबार मा प्रकाशित ५७५ पटक पढिएको
देशभर आज थपिए ९ हजार ४८३ संक्रमित, २२५ संक्रमितको मृत्यु

बैशाख २८, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

२२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस