साहस उर्जाको आइपीओ आज बाँडफाँड हुने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १७, आईतबार मा प्रकाशित १०४४ पटक पढिएको

साहस उर्जाको आइपीओ आज बाँडफाँड हुने

असोज १७, काठमाडौं। साहस उर्जाको आइपीओ आज बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड हुने भएको छ। कम्पनीले शुक्रबार नै प्रि-अलटमेन्ट सकाएको छ।

कम्पनीले असोज ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमा २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । आइपीओमा २४ लाख ६२ हजार बढी कित्ताको लागि आवेदन परेको थियो । आइपीओको बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस