पनौतीको १२ बर्षे मकर मेलाको आज अन्तिम दिन, रातीदेखि नै भक्तजनको भिड

फागुन ४ सम्म मकर स्नानको योग
नौलो समाचार संवाददाता
२०७८ माघ २९, शनिबार मा प्रकाशित १२८८ पटक पढिएको

पनौतीको १२ बर्षे मकर मेलाको आज अन्तिम दिन, रातीदेखि नै भक्तजनको भिड

माघ २९, काभ्रे। पनौती त्रिवेणी घाटमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको आज अन्तिम दिन । माघ १ गतेदेखि सुरु भएको मकर स्नान आज महिनाको अन्तिम दिन भक्तजन तथा दर्शनार्थीहरुको बिहान २ बजेदेखि नै भिडभाड बढेको छ।

मेला सुरु भएको पहिलो दिन केहि भिडभाड देखिएपनि मेलाको दुई हप्तापछाडी बाट मात्र भक्तजन तथा दर्शनार्थीहरुको चाप बढेको हो। कोभिड-१९ का कारण जिल्ला प्रशासनले मेला तथा भिडभाड नगर्न सूचना जारी गरे पछी चहलपहल कम भएको पनौतीका स्थानीयवासीले बताएका छन्।

तर कोभिडका विरामी कम हुँदै गएपछि भक्तजनको संख्या पनि बढ्दै गएको हो ।

सौर्यमान अनुसार आजसम्म मकर स्नान भए पनि चन्द्रमान अनुसार मकर मेला माघ शुक्ल पुर्णिमा फागुन ४ गतेसम्मको योग देखिएको पण्डितहरुको भनाई छ।

आज मेलाको अन्तिम दिन र शनिबार पनि परेकाले बिहानैदेखि काठमाडौं, भक्तपुर, बनेपा, पनौती रुटमा सवारी साधनको चाप निकै बढेको छ।

प्रतिक्रिया दिनुहोस