म्यादी प्रहरी काभ्रे : आज चौथो दिनसम्म २ हजार ३०५ जनाले दिए आवेदन

आज ६५७ जनाले दिए आवेदन
नौलो समाचार संवाददाता
२०७८ चैत्र ९, बुधबार मा प्रकाशित ८५२ पटक पढिएको
म्यादी प्रहरी काभ्रे : आज चौथो दिनसम्म २ हजार ३०५ जनाले दिए आवेदन

चैत ९, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेमा म्यादी प्रहरी भर्नाका लागी आवेदन संकलन कार्य आज पनि जारी रह्यो। आज चौथो दिन पनि जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा दरखास्त दिनेहरुको भिड थियो।

स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाका लागी घाममा हातमा कागज पत्रको फाईल समाउदै लाईन बस्नेमा अधिकांश युवा जमात देखिन्थ्यो।

आज ६ सय ५७ जनाले म्यादी प्रहरीका लागी आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो। जसमध्ये १३८ जना महिला र ५१९ जना पुरुष रहेका छन्।

म्यादी प्रहरीका लागि काभ्रेमा आजसम्म २ हजार ३०५ जनाले आवेदन दिइसकेका छन्। जसमा महिलाको संख्या ५९८ रहेको छ भने पुरुष १ हजार ७०७ जना रहेका छन्।

म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १ हजार ४९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस