साउनदेखि इन्टरनेटको मूल्य घट्ने

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १९, बिहिबार मा प्रकाशित ११२५ पटक पढिएको

साउनदेखि इन्टरनेटको मूल्य घट्ने

जेठ १९, काठमाडौं। आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ।

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो। पहिले १३ प्रतिसत दूरसञ्चार सेवाशुल्क लिने गरेकोमा अब ३ प्रतिशत घटाएर १० प्रतिसत मात्र लिने घोषणा गरेका थिए।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गर्नुभएको हो।

यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ ।

यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस