भुवन केसीद्वारा चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

नौलो समाचार संवाददाता
२०७९ श्रावण ११, बुधबार मा प्रकाशित ७४८ पटक पढिएको

भुवन केसीद्वारा चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

साउन ११, काठमाडौं। चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन्।

अभिनेता केसीले चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरूले स्वागत गरेका थिए।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारबाट बोर्ड अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न आज बोर्ड पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस