औंसी र समर्पण : कविता-

आकाश अधिकारी-तनहुँ
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ६७८ पटक पढिएको

औंसी र समर्पण : कविता-

पुरानो!
रगतको खाटा बसेको
आमाको फरिया च्यातेर
छोराछोरी हाटबजार छिरेका छन्
आमाको मुख हेर्न!

आजभोलि!
हुल बाधेर मान्छेहरू
गाउँ घर र सडकमा
फलाक्दै छन समृद्धिको
स्तुति गान!

खस्कदो छ आलु प्याज को भाउँ!
उक्लदो छ माछा मासुको भाउ!
आयातित सवारी चडेर मालिक हरु
फर्माइ रहेका छन

रास्ट्र प्रतिको उच्च समर्पण !
हिमालको रंग बेच्ने तरिका!
भर्र्याङ् लगाएर नदिनाला बेच्ने तरिका
उकालो लाग्दै छ!
मार्सी चामलको भाउ!

ठेकेदार हरु!
राजकीय शैलीमा
सिंहदरबार फलैचामा बसेर फर्माई रहेका छन्
सहकार्यको रास्ट्रीय गान!
दरवारको पटांङ्गिनिमा देखिन्छन्
दृष्टिविहीन र बहिरा मान्छेहरुको लस्कर !
जो सदीयौंदेखि पर्खिरहेका छन्

उज्यालो पर्यावरण!
जो पर्खिरहेका छन्
सुमधुर संगीतका झंकार हरु!
आजकल छरपस्ट देखिन्छन्!
सडकमा!
होचा कदका जाग्राम मान्छेहरू
जस्लाई
शासकहरु बाडीरहेका छन
एक थान मतपत्रमा
धमिला सपनाहरू!

-आकाश अधिकारी, तनहुँ

प्रतिक्रिया दिनुहोस