पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

नौलो समाचार संवाददाता
२०७९ माघ १, आईतबार मा प्रकाशित ८८७ पटक पढिएको

पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

माघ १, काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आज (आइतबार) विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस