सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

नौलो समाचार संवाददाता
२०७९ माघ २९, आईतबार मा प्रकाशित ४७७ पटक पढिएको

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

माघ २९, काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

ट्रमा सेन्टरका डा जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। उक्त निर्णयपछि सरकारले बिहानै वार्ता सुरु गरेको थियो।

वार्तामा घटनाका दोषिलाई एक हप्ताभित्र छानबिन सम्पन्न गरी कारबाही गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने लगायतका बुँदा रहेका छन्।

प्रतिक्रिया दिनुहोस