फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

नौलो समाचार संवाददाता
२०८० बैशाख ३१, आईतबार मा प्रकाशित १२७५ पटक पढिएको

फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

बैशाख ३१, काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए ।

पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ ।

शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस