आजको युग विज्ञान–प्रविधी, नवप्रवर्तन र उद्यमशीलताको हो : राष्ट्रपति पौडेल

नौलो समाचार संवाददाता
२०८० आश्विन २४, बुधबार मा प्रकाशित ५२१ पटक पढिएको

आजको युग विज्ञान–प्रविधी, नवप्रवर्तन र उद्यमशीलताको हो : राष्ट्रपति पौडेल

धुलिखेल / राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधी, नवप्रवर्तन र उद्यमशीलताको युग भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयमा नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्धघाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले प्रविधि र नवप्रवर्तनका लागि केन्द्रले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको भन्दै उनले मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृतिम विद्वताले मानव सभ्यताका सामू खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नुपर्ने बताए ।

केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्वद्ध तीनवटै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरुले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नसक्नु पर्ने बताए । केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पूँंजी उपलब्ध गराइ उद्यमशीलताको विकास गर्न सकिने भन्दै उनले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्वपूर्ण आधारशीला भएकाले जागरि खोज्ने होइन जागिर दिने जनशक्ति उत्पादन गर्न सकिने तर्क गरे । केन्द्रको निर्माण र यसलाई अत्याधुनिक उपकरणहरु समेतले सुसज्जित बनाउन मित्रराष्ट्र कोरियाले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै उनले भविष्यमा पनि खोज अनुसन्धानका नतिजाहरु, अनुभव र स्रोत–साधनहरूको आदानप्रदान मार्फत केन्द्रको दिगो सञ्चालन एवम् नेपालका लागि प्रतिफलदायी परिणाम प्राप्त गर्ने दिशामा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि कोरियाली राजदुत पार्क टोइ योङले कोरियाले नेपाललाई विकास सहयोगमा लगातार १५ बर्षदेखि प्राथमिकताको सूचीमा राखेर विकास साझेदार निर्धारण गरेको भन्दै नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर सबैभन्दा महत्वपूर्ण विकास साझेदार परियोजना मध्ये एक भएको तर्क गरे ।
कोरियाको अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) का कन्ट्री डाइरेक्टर खोङमुहनले एनटिआसी नेपालकै एक उच्च प्रविधीयुक्त प्रयोगशाला भएको भन्दै पूर्णसञ्चालनमा आएपछि मुलुककै एक महत्वपूर्ण अनुसन्धान केन्द्र बन्न सक्ने बताए ।

केयूका उपकुलपति डा. भोला थापाले इनोभेसन सेन्टरको स्थापनाले अनुसन्धान केन्द्र मात्र नभइ देश विकास, चुनौती समाना गर्ने प्रतिवद्धता पुरा गरेको बताए । केयूका रजिष्ट्रार डा. अच्युत वाग्लेले राष्ट्रपतिको उपस्थितीले कार्यक्रम र संस्थाको गरिमा अझै बढेको बताए ।

कोरियाको अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को १० मिलियन अमेरिकी डलर सहयोगमा स्थापना भएको बहुआयमिक अनुसन्धान केन्द्र मा उर्जाका, स्वास्थ्य र कृषिको क्षेत्रमा अध्ययन/अनुसन्धान हुनेछ । अनुसन्धान र व्यवसायिक विकास, नवप्रवर्तन, विद्यालयमा आधारित उद्यम, परिक्षण र प्रमाणिकरण, आधुनिक स्वास्थ्य प्रविधी, शिक्षा र तालिमका क्षेत्रमा काम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस