सुनकोशीले बगाउँदा महाभारतका साजनको मृत्यु

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २५, आईतबार मा प्रकाशित १०८ पटक पढिएको
सुनकोशीले बगाउँदा महाभारतका साजनको मृत्यु
प्रतिकात्मक तस्वीर

तेमाल / पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा एक युवाको मृत्यु भएको छ ।

विहानै पौडी खेल्न गएका महाभारत गाउँपालिका वडा नं ४ का अन्दाजी २४ बर्षीय साजन वाईवाको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरिक्षक युवराज के.सी. ले जानकारी दिए ।

वाइवा तेमाल गाउँपालिका वडा नं ३ चुखावेशी स्थित बृहत खानेपानी आयोजनाको ट्यांकी बनाउने काममा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस