धुलिखेलको बाँझोखेतमा खैरो हिरोइन बरामद

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित १०३ पटक पढिएको
धुलिखेलको बाँझोखेतमा खैरो हिरोइन बरामद

धुलिखेल  /  वी.पी. राजमार्गको धुलिखेल नगरपालिका वडा नं ११, बाँझोखेत खण्डबाट प्रहरीले लागु औषध खैरो हिरोइन बरामद गरी दुई युवालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङको टोलीले विशेष सुराकीका आधारमा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको मे.१ च.३५९७ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा इलामको रोङ गाउँपालिका वडा नं ३ का ३२ बर्षीय सुमन राईको साथबाट ९ ग्राम १ सय ७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

सुमनको साथमा रहेको निलो झोला भित्र निलो रङको जिन्स पाईन्टमा कालो प्लाष्टिकमा लुकाएर उक्त लागु औषध ल्याइदै थियो ।

स्करपियोका चालक माई नगरपालिका वडा नं १ का २७ बर्षीय तेजकुमार वराईली र गाडी समेत बरामद गरी प्रहरीले ५ दिनको म्याद थप समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस