शंखु / लायन्स क्लब अफ काभ्रे शंखुले धुलिखेल नगरपालिका वडा नं १२ स्थित शंखेश्वरी महालक्ष्मी माध्यमिक विद्यालयका बालबालिकालाई ट्रयाकसुट र झोला वितरण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त सहयोगबाट लायन्स क्लवले ती विद्यालयका २ सय ८० बालबालिकालाई ट्रयाकसुट र झोला वितरण गरेको हो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा प्रमुख जीवन सैंजु, वडा अध्यक्ष मोहन लामिछाने, स्थानीय समाजसेवी माधव थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क तामाङ लगायतले ती सामाग्री हस्तान्तरण गरेका थिए ।
उपप्रमुख जंगमले सामाजिक उत्तरदायित्व निभाएकोमा बैंक र लायन्स क्लवलाई आभार प्रकट गर्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
लायन्स क्लव अफ काभ्रे शंखुले विभिन्न समयमा सामाजिक कामहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस