स्कुटरको ठक्करबाट नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख शर्मा घाइते

नौलो समाचार संवाददाता
२०८२ श्रावण १०, शनिबार मा प्रकाशित २०७ पटक पढिएको

स्कुटरको ठक्करबाट नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख शर्मा घाइते

धुलिखेल/ नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

शनिवार बिहान तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्वरको स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध २ बिस किलो भन्ने स्थानमा बा ६२ प ३५७८ नम्वरको अर्को स्कुटरले ठक्कर दिँदा स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

तिमल्सिना सवार स्कुटर उनका छोरा किशोरले चलाइरहेका थिए । छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नार्केबाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८  नंवरको स्कुटर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका ०३ घर भई हाल जिल्ला काभ्रे रोशी गाउँपालिका ८ वस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाईते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस