प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र

नौलो समाचार संवाददाता
२०८२ श्रावण १८, आईतबार मा प्रकाशित ३६० पटक पढिएको

प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र

धुलिखेल / धुलिखेलमा सञ्चालित प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

वागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेशको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आर्थिक सहयोगमा सिमेका ह्युमन रिसोर्स एकेडेमीले सञ्चालन गरेको प्लम्बर तह –१ को निःशुल्क तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरे, धुलिखेले उद्योग वाणिज्य संघका अध्यक्ष कोमल सुन्दर श्रेष्ठ, सचिव सजय तामाङ, एकेडेमीका तालिम संयोजक अर्जुनप्रसाद सापकोटालगायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस