मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

नौलो समाचार संवाददाता
२०८२ श्रावण २४, शनिबार मा प्रकाशित २०६ पटक पढिएको

मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

बनेपा— मोटरसाइकल चोरीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बनेपा नगरपालिका वडा नं ७, अरनिको पार्टी प्यालेस नजिकै पार्किङ गरी राखेको २ सय सिसिको बा ९६ प २१७१ नम्बर को रातो रंगको एन.एस पल्सर मोटरसाईकल चोरीमा संलग्न पनौती नगरपालिका वडा नं २ का २० वर्षीय विवेक तामाङ र बनेपा नगरपालिका वडा नं ९ का १९ वर्षीय निरन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार, साउन १९ गते बेलुका साढे ८ बजे चोरी भएको उक्त मोटरसाइकल विवेकको घरमा लुकाएको अवस्थामा प्रहरीले साउन २२ गते विहान ६ बजे फेला पारेको थियो । विवेक र निरनलाई पनि सोही स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस