नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले गर्योे उम्मेदवार सिफारिस

नौलो समाचार संवाददाता
२०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ७४६ पटक पढिएको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले गर्योे उम्मेदवार सिफारिस

भकुण्डेवेशी । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभा र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

सभापति दिनेश लामाको अध्यक्षतमा बसेको प्रतिनिधी सभा क्षेत्र नं १ को बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको लागि उम्मेदवारको नाम जिल्लालाई सिफारिस गरेको हो ।

प्रतिनिधी सभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सचिव गुणराज मोक्तान, नेता तिर्थ पसखल, धुलिखेल नगर सभापती बिदुरबहादुर बस्नेत र रशिला खनालको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको सचिव गुणराज मुक्तानले जानकारी दिए । रसिला बाग्मती प्रदेश प्रतिनिधी हुन् ।

कांग्रेसले परिपत्र गर्दै कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो ।

प्रतिनिधिसभा समानुपातिक सदस्यको लागि ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय सभापति लामाका अनुसार, आदिवासी जनजातितर्फ हर्षजीत लामा र हरिबहादुर बल, आदिवासी जनजाति महिलातर्फ ललिता किङरिङ, दलिततर्फ मिरा नेपाली, अपाङ्गता भएका तर्फ उद्धव कोइराला र अल्पसंख्यकतर्फ बाबुराम गिरी सिफारिस भएका छन् । आदिवासीतर्फ सिफारिस भएका हर्षजित लामा र ललिता किङरिङ मगर पूर्व सभासद् हुन् भने हरिबहादुर बल महासमिति सदस्य हुन् । कोइराला पूर्व महाधिवेशन प्रतिनिधी हुन् ।

राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारको लागि अग्रज नेता इन्द्रमणी अधिकारी र नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष इश्वरी ओझाको नाम जिल्लामा सिफारिस भएको सचिव विद्यासागर लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस