ताम्राकार ब्रम्हायणी गुठीले गर्यो सम्मान

नौलो समाचार संवाददाता
२०८२ मंसिर २७, शनिबार मा प्रकाशित १५६ पटक पढिएको

ताम्राकार ब्रम्हायणी गुठीले गर्यो सम्मान

पनौती / पनौतीस्थित ताम्राकार ब्रम्हायणी गुठीले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।

गुठीको ब्रह्मायणी शैक्षिक तथा सम्मान उप–समितिले गत शैक्षिक वर्षमा माध्यमिक शिक्षा परिक्षा (एसइइ) तथा दश जोड दुई एवं प्रमाणपत्र तह उत्तिर्ण गरेका स्वर्णिम ताम्राकार, रेशब ताम्राकार, प्रशान्त ताम्राकार, निरन ताम्राकार र रुजल ताम्राकारलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरियो । दश जोड दुईका सर्वोत्कृष्ट विद्यार्थी स्वर्णिम ताम्राकारलाई प्रयाग राज ताम्राकारको सहयोगमा नगद रकम सहित स्व. रामबहादुर ताम्राकार स्मृति पुरस्कार समेत प्रदान गरियो ।

ताम्राकार ब्रम्हायणी शैक्षिक तथा सम्मान उप–समितिको सहकार्यमा स्व. रुपराज ताम्राकारको स्मृतिमा स्थापित ‘मरणोपरान्त अग्रज सम्मान’ स्व. नातीकाजी ताम्राकारका लागि उहाँका जेठा छोरा लक्ष्मी नारायण ताम्राकारलाई नगद रकम, दोसल्ला एवं प्रशंसापत्र सहित सम्मानित गरियो । पुण्य माध्यमिक विद्यालय, पनौतीमा हालै प्रधानाध्यापक नियुक्त प्रताप ताम्राकारलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्राध्यापक डा. सुमन राज ताम्राकार, गुठीका नायो विश्वनाथ ताम्राकार, पनौती वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकार, श्रीराम मावि खोपासीका प्राचार्य उत्तम कृष्ण ताम्राकार लगायतले गुठी र सामाजिक कार्यबारे चर्चा गरे ।

कार्यक्रममा गायक सन्तोष ताम्राकारले सांगीतिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस