बनेपा / इटहरीलगायत प्रमुख शहरमा रहेको पुर्वाञ्चल क्याफेको शाखा बनेपा गोदामाचोकमा सञ्चालनमा आएको छ ।
बेकरी, आइसक्रिम, पेय पदार्थ, फास्टफुड, कफी, थकाली खाना लगायतका परिकार पाउने गरी बनेपामा क्याफेको १० औं शाखा जिल्ला सहकारी संघको पुरानो भवनमा सञ्चालनमा आएका हुन् ।
बनेपा नगरपालिका वडा नं १० का श्रवणकुमार आचार्य र उनको समूहले क्याफे सञ्चालनमा ल्याएको क्याफे उनको छोरी जीयाले रिवन काटेर उद्दघाटन गरिन् ।

विशेष गरी केक लगायतका बेकरी, आइसक्रिमका साथै र रेष्टुरेन्टमा पाइने सबै परिकार उपलव्ध हुने आचार्यले जानकारी दिए । पूर्वका विभिन्न स्थानमा प्रख्याती कमाएको क्याफेलाई व्यापारिक केन्द्र बनेपामा भित्राएको उनले बताए ।
प्रशस्त पार्किङ, सौन्दर्य, स्वाद र व्यवस्थापनका कारण सञ्चालनको छोटो समयमा नै ग्राहकको रोजाईमा परेको सञ्चालक आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस