एनप्याव्सन भक्तपुरको हाजिरीजवाफमा इडेन गार्डेन प्रथम

नौलो समाचार संवाददाता
२०८२ पौष ३, बिहिबार मा प्रकाशित ५१ पटक पढिएको

एनप्याव्सन भक्तपुरको हाजिरीजवाफमा इडेन गार्डेन प्रथम

भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह ‘अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता–२०८२’ मा इडेन गार्डेन स्कुल प्रथम भएको छ ।

नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा मदरल्याण्ड स्कुल द्वितीय, ऋतम्भरा पाठशाला स्कूल तेश्रो र आरक्षण नेशनल स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० का प्रशासकीय प्रमुख कुमार राउतले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा विमल मेमोरियल विद्यापीठ विद्यालयलाई धन्यवाद ज्ञापन गरे ।

आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको श्रेय सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई दिदै अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुरप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस