नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘ सुन्तला हाइकिङ’

नौलो समाचार संवाददाता
२०८२ पौष १०, बिहिबार मा प्रकाशित १३२ पटक पढिएको

नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘ सुन्तला हाइकिङ’
विहिबार आयोजित ‘सुन्तला हाइकिङ’ मा सहभागी पदयात्री । तस्वीर : बद्रिराज तिमल्सिना र अन्य २ तस्वीर : विदुर गौतमको फेसबुक वालबाट ।

नमोबुद्ध /  काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘सुन्तला हाइकिङ’ गरिएको छ ।

धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोग, रोटरी क्लव अफ धुलिखेल र नेपाल युवा उद्ममी मञ्च काभ्रेपलाञ्चोकको सहकार्यमा होटल एशोसिएशन अफ नेपाल (हान) धुलिखेल, काभ्रेपलाञ्चोकले विहिबार ‘सुन्तला हाइकिङ’ गरेको हो ।

नमोबुद्ध चैत्य परिसरमा द्वीप प्रज्वलन पश्चात सहभागीहरु शंखुका सुन्तला बगैंचामा रमाउँदै बल्थली पुगेका थिए । पर्यटन व्यवसायीका अलावा जिल्लास्थित सुरक्षा संयन्त्रका प्रमुखहरु, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मीहरुले हाइकिङ गरेका थिए ।

काभ्रेपलाञ्चोक जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका नमोबुद्ध–शंखु–बल्थली ‘सुन्तला हाइकिङ’ आयोजना गरिएको हान काभ्रेपलाञ्चोकका अध्यक्ष प्रल्हाद प्याकुरेलले जानकारी दिए ।

१५ वर्षपछि कार्यक्रमलाई निरन्तरता दिइएको हो । सन् २०१० मा नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) को आयोजनामा नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’ आयोजना गरेको थियो ।

आगामी दिनमा पनि यसलाई निरन्तरता दिने होटल एशोसिएसन काभ्रेपलाञ्चोका ज्योत्सना सैंजुले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस