धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित कार्यक्रममा कोर्षबारे अभिमुखिकरणका साथै अघिल्ला ब्याचमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।
केयू स्कुल अफ म्यानेजमेन्टका एशोसिएट डिन डा. खगेन्द्र आचार्य, प्रोगाम कोअर्डिनेटर आशा थापा मगर, कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्ट लगायतले उनीहरुलाई अभिमुखिकरण गरेका थिए ।
एशोसिएट डिन डा. आचार्यले केयूले समयको माग र आवश्यकता अनुसारको बिषयमा अध्यापन गराइरहेको भन्दै विद्यार्थीहरुलाई सहयोग गर्न आफू र संस्था सदैव तयार रहेको बताए । प्रोगाम कोअर्डिनेटर आशा थापा मगरले मानिसमा हुनुपर्ने सबै गुण, सीप सिकाएर दक्ष जनशक्ति तयार गर्ने लक्ष्य रहेको बताइन् ।
ग्लेसियर कलेज सञ्चालक समितिका अध्यक्ष भोला थापाले स्वदेश र अन्तराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न हस्पिटालिटी क्षेत्रको पढाइ थालिएको बताए ।
विभिन्न सेमेष्टरमा उत्कृष्ट ४ सिजिपिए ल्याउने विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरियो ।

कार्यक्रममा होटल एशोसिएसन नेपाल धुलिखेल काभ्रेपलाञ्चोकका सचिव जुलिया माकजु, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यार्थी झलकमान विक लगायतले सो विषयको अध्ययनपछिका अबसरका बारेमा चर्चा गरे ।
कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्टका अनुसार, सन् २०२२ प्रेबुअरीबाट शुरु भएको कार्यक्रमको चौथो व्याच तयार भइसकेको छ । पहिलो अन्तिम सेमेस्टर (आठौं) समेष्टर अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा इन्टर्नसिप गरिरहेका छन् ।
प्रिन्सिपल इन्दु थापाले पर्यटन, होटल, वायु सेवा लगातयका क्षेत्रमा सम्भावना रहेको विपिएच विषय विद्यार्थीको रोजाईमा रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस