साँगा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले जिल्ला परिषद् सम्पन्न गरेको छ ।
निर्वाचित भएको पहिलो बर्ष परिषद्, दोस्रो बर्ष साधारण सभा र तेस्रो बर्ष अधिवेशन गर्ने कार्यतालिका भएको प्याब्सनले पहिलो बर्ष जिल्ला परिषद् गरेको हो ।
परिषद्मा सचिव विमल न्यौपानेले प्रस्तुत गरेको सांगठनिक, प्रगति र भावी योजना पारित गरेको छ भने कोषाध्यक्ष अर्जुन थापामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित भएकोे छ ।
विगतमा गरिआएका सम्पूर्ण क्रियाकलापहरुलाई निरन्तरता दिदै आगामी दिनहरूमा शिक्षक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम विस्तार गर्दै विद्यार्थी लक्षित शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरू बढाउने, संगठनको डिजिटल व्यवस्थापन सुदृढ गर्ने, सदस्य विद्यालयहरूको साझा समस्या समाधानमा अझ प्रभावकारी भूमिका खेल्ने तथा प्याब्सन काभ्रेको जग्गामा वा अनुकुल ठाउँमा भवन निर्माण गर्ने योजना पारित गरेको अध्यक्ष श्यामबहादुर भुजेलले जानकारी दिए ।
कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालय, शिक्षक, विद्यार्थीको हित, संस्थागत विकासका लागि प्याब्सन निरन्तर सकृय रहेको बताउँदै गरिब, जेहेन्दार र आवश्यक पर्नेलाई छात्रवृति उपलव्ध गराउन विद्यालय सञ्चालकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा केन्द्रिय सह–अध्यक्ष गोपाल आचार्य, उपाध्यक्ष किशोर कुमार गौतम, महासचिव आर.वि.कटुवाल, उपमहासचिव भिमसेन केसी, केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्ट, नेपाल पत्रकार महासंघ काभ्रपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, एलाइड पब्लिकेशनका मदन ढुंगाना, प्याब्सन काभ्रेपलाञ्चोकका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल लगायतले विद्यालय शिक्षामा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस