प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को लागि मनोनयन दर्ता आज

नौलो समाचार संवाददाता
२०८२ माघ ६, मंगलबार मा प्रकाशित ५९ पटक पढिएको

प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को लागि मनोनयन दर्ता आज

धुलिखेल / प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानको लागि आज माघ ६ गते मंगलबार मनोनयन दर्ता हुँदैछ । पार्टीमा उम्मेदवार टुंगो लगाएका राजनीतिक दलहरुले आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन दर्ता गराउने तालिका छ ।

प्रतिनिधी सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेकपा एमालेबाट अमित लामा (अमि), नेपाल कम्युनिष्ट पार्टीबाट दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुप्रसाद चौलागाई, उज्यालो नेपाल पार्टीबाट योगिन्द्र लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसले मधुप्रसाद आचार्य, नेकपा एमालेले अशोककुमार व्याञ्जु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीले बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बदन भण्डारी, उज्यालो नेपाल पार्टीले ज्योत्सना सैंजु र राष्ट्रिय प्रजातन्त्र पार्टीले रञ्जिव श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन लगायतले पनि उम्मेदवार टुंगो लगाएका छन् ।

क्षेत्र नं १ मा निर्वाचन अधिकृतको कार्यालय पनौती नगरपालिकाको कार्यालय र क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

दलहरुलाई दर्ताको लागि छुट्टाछुट्टै समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस