रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

नौलो समाचार संवाददाता
२०८२ फागुन ३, आईतबार मा प्रकाशित ७ पटक पढिएको

रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

भुम्लु / भुम्लु गाउँपालिका वडा नम्बर २, सिम्थली मा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । भुम्लु वडा नं २ सो क्षेत्रमा रास्वपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार बदन भण्डारीको गृह वडा हो ।

प्रतिनिधी सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं २ का कांग्रेस उम्मेदवार मधु आचार्य, नेपाली कांग्रेस भुम्लुका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) लामा लगायतले उनीहरुलाई कांग्रेसमा स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गर्नेमा साधुराम खड्का, यज्ञबहादुर भण्डारी, प्रेमकुमारी खत्री, जीवन खत्री, माकुरी पहरी, अक्कले पहरी, टंकबहादुर पहरी, लोकबहादुर थापा, श्री बहादुर पहरी, शम्भु पहरी, सुन्तली पहरी, गोमा पहरी, गकुली पहरी, रामकुमारी पहरी, गोविन्दबहादुर पहरी, रामबहादुर पहरी, रुद्रबहादुर पहरी, कृष्णबहादुर खत्री, मौसमी भण्डारीलगायत छन् ।

लामो समय अरु पार्टीका कामकारबाही चित्तबुझ्दो नभएको र नेपाली कांग्रेस नयाँ भएर आएका कारण यसमा प्रवेश गरेको उनीहरुले बताए ।

यता, कांग्रेस उम्मेदवार आचार्यले मतदाता भेटघाटलाई तिब्र बनाएका छन् । पाँचखाल नगरपालिकाबाट शुरु भएको उनकोे मतदाता भेटघाट मण्डनदेउपुर, बेथानचोक, बनेपाका केही भागहरु हुँदै अहिले भुम्लुमा जारी छ ।

प्रतिक्रिया दिनुहोस