ढुंखर्क / बेथानचोक गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो ।
फागुन १ देखि ३ गतेसम्म सञ्चालित प्रतियोगितामा छात्रातर्फ आत्मा विकास माध्यमिक विद्यालय प्रथम हुँदा भूमिमाता माध्यमिक विद्यालय द्वितीय स्थानमा रह्यो । प्रतियोगितामा छात्रतर्फ कृष्णगोपाल मा.वि. र छात्रातर्फ पार्वती मा.वि तृतीय भए ।
प्रतियोगितामा गाउँपालिकाभरका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबल विधामा प्रतिस्पर्धा भएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले विजयी विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै खेलकुदले अनुशासन, टिमवर्क, सहनशीलता र नेतृत्व क्षमता विकास जगाउने उल्लेख गरे ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगितामा देखिएको उत्साह र प्रतिस्पर्धाले गर्व महसुस गराएको भन्दै खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताइन् ।
समापन कार्यक्रममा वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, पार्वती क्याम्पसका प्रमुख राजेश तिमल्सिना, पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस