नेपालको लोकतान्त्रिक पार्टि नेपाली काँग्रेस यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएको छ । यसैक्रममा काभ्रेपलाञ्चोक जिल्ला नेपालको राजनीतिक दृष्टिले संवेदनशील तथा निर्णायक जिल्ला मानिन्छ। यहाँको सामाजिक संरचना, राजनीतिक चेतना र विकासप्रतिको अपेक्षाले निर्वाचन परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। आगामी निर्वाचन सन्दर्भमा नेपाली काँग्रेसका उम्मेदवारहरू गुणराज मुक्तान काभ्रे क्षेत्र नं. १ मा र इन्जिनियर मधु आचार्य क्षेत्र नं. २ मा विजय हासिल गर्न सक्ने आधारहरू विभिन्न पक्षसँग सम्बन्धित छन्। ती आधारहरूलाई राजनीतिक, सांगठानिक, सामाजिक तथा विकासका दृष्टिले विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ।
संगठनात्मक सुदृढता र पार्टीको ऐतिहासिक प्रभाव
काभ्रे जिल्लामा नेपाली काँग्रेसको संगठनात्मक संरचना विगतदेखि नै सुदृढ रहँदै आएको छ। वडास्तरदेखि जिल्लास्तरसम्म फैलिएको पार्टी सञ्जाल, सक्रिय कार्यकर्ता र अनुभवी नेतृत्व यसको मुख्य शक्ति हो। नेपाली काँग्रेसले यस पटक आफुलाई सुधार गरेर आएको छ । जेन्जीहरूले उठाएको मुद्दालाई आफ्नो मुद्दा बनाएको छ । यही संगठनात्मक आधारमा गुणराज मुक्तान र मधु आचार्यले स्थानीय कार्यकर्ताको सहयोगमा जनसम्पर्क अभियानलाई प्रभावकारी रूपमा अघि बढाइ रहेका छन् जसले गर्दा काँग्रेसको पक्षमा चुनावी माहोल बन्दै गएको छ ।
उम्मेदवारको व्यक्तिगत छवि र सामाजिक स्वीकार्यता
गुणराज मुक्तान र मधु आचार्य स्थानीय स्तरमा परिचित, जनसमस्यामा चासो राख्ने तथा सेवाभावयुक्त, शालिन नेताका रूपमा चिनिनु उनीहरूको प्रमुख राजनीतिक पूँजी हो। काभ्रेका मतदाताले पार्टीभन्दा बढी उम्मेदवारको इमानदारीता, सरलता र पहुँचयोग्यतालाई मूल्यांकन गर्ने प्रवृत्ति देखिन्छ। विवादरहित छवि र जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले मतदाताबीच सकारात्मक सन्देश प्रवाह गरेको छ। उनीहरू विगत लामो समय देखि विभिन्न संस्था मार्फत दैवी प्रकोप होस् वा अन्य अवस्थामा जनस्तरमा भिजेका छन् । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा सामाजिक कार्य गरेका शैक्षिक दृष्टिले उच्च तहसम्मको अध्ययन गरेका छन् यो उनीहरूका अन्य प्रतिश्पर्धी भन्दा सामाजिक र शैक्षिक दृष्टिकोणले अग्रपंक्तिमा देखिएको छ । यसकारण पनि उनीहरूलाई जित सहज बन्दै छ ।
लोकतान्त्रिक मूल्य र स्थायित्वप्रतिको जनअपेक्षा
नेपाली काँग्रेस लोकतन्त्र, मानव अधिकार र समावेशी विकासको पक्षधर दलका रूपमा स्थापित छ। काभ्रेका शिक्षित तथा सचेत मतदाताले राजनीतिक स्थायित्व, सुशासन र उत्तरदायी नेतृत्व खोजिरहेका छन्। गुणराज मुक्तान र मधु आचार्यले लोकतान्त्रिक मूल्यलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका कारण मतदाताको भरोसा प्राप्त गर्ने आधार मजबुत बनेको छ। नेपाली काँग्रेसले संकल्प पत्र मार्फत १० प्रमुख भिजन लोकतन्त्रको सुदृढीकरण, सुशासन र भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र रोजगारी सिर्जना, सामाजिक न्याय र समावेशिता, गुणस्तरीय शिक्षा सबैका लागि, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पूर्वाधार विकास, युवा सशक्तीकरण र नवप्रवर्तन, सन्तुलित संघीयता र स्थानीय शासन, राष्ट्रिय एकता र सन्तुलित परराष्ट्र नीति मतदाता समक्ष पेस गरेको छ जसको पूर्ण पालनाको प्रतिज्ञा गरेका छन् यो पनि नेपाली काँग्रेसका उम्मेदवारहरूको निर्वाचन सम्बन्धी माहोल बनाउन सहज देखिएको छ ।
विकासमुखी एजेन्डा र स्थानीय आवश्यकता
काभ्रे जिल्लामा सडक सञ्जाल, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा रोजगारीका अवसर प्रमुख समस्या हुन्। गुणराज मुक्तान र मधु आचार्यले यी विषयलाई केन्द्रमा राखेर व्यावहारिक र परिणाममुखी योजना प्रस्तुत गरेका कारण जनसमर्थन प्राप्त हुने आधार प्रबल हुन्छ। विशेषगरी ग्रामीण भेगका मतदाताले विकास र सेवा प्रवाहलाई मुख्य मापदण्ड मानेका छन् भने शहरी क्षेत्रका मतदाताले उनीहरू मार्फत नीति निर्माणमा सहज हुने महशुश गरिरहेका छन् ।
युवा, महिला तथा अल्पसंख्यक मतदाताको समर्थन
काभ्रे जिल्लामा युवा र महिला मतदाताको संख्या उल्लेखनीय छ। शिक्षा, रोजगारी, सीपमूलक तालिम तथा महिला सशक्तीकरण र अल्पसंख्यकहरू सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेका कारण युवा, महिला तथा अल्पसंख्यक वर्गको समर्थन गुणराज मुक्तान र मधु आचार्य तर्फ आकर्षित भइरहेका छन् । आधुनिक सोच र समावेशी दृष्टिकोण सम्बन्धी बिगत र वर्तमानमा तल्लिन उनीहरूलाई जितको नजिक पुर्याएको देखिन्छ।
विगतको कार्यसम्पादन र जनविश्वास
नेपाली काँग्रेस नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले काभ्रे जिल्लामा गरेका विकास कार्य र जनमैत्री निर्णयले पार्टीप्रति जनविश्वास कायम राख्न सहयोग पुर्याएको छ। क्षेत्र नं. १ र २ का सबै पालिकाहरूमा प्रमुख/अध्यक्ष वा उपप्रमुख/ उपाध्यक्ष मध्ये एक पद नेपाली काँग्रेसले जितेको हुँदा उनीहरूले शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारहरूमा गरेको सुधार उन्मुख कार्यले पनि उनीहरूलाई थप टेवा मिलिरहेको छ । यही कार्यलाई निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा गुणराज मुक्तान र मधु आचार्यलाई हेर्ने दृष्टिकोण मतदाताबीच विकसित हुँदै गएको देखिन्छ।
निष्कर्ष
काभ्रेपलाञ्चोक जिल्लामा गुणराज मुक्तान र मधु आचार्यको विजय संगठनात्मक शक्ति, व्यक्तिगत छवि, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, विकासमुखी एजेन्डा तथा मतदाताको विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनीहरूले जनताको वास्तविक समस्या समाधान गर्ने स्पष्ट दृष्टिकोणसहित चुनावी अभियान अघि बढाएकोले काभ्रे क्षेत्र नं. १ र २ मा नेपाली काँग्रेसको जित सुनिश्चित हुने सम्भावना प्रबल देखिन्छ।
प्रतिक्रिया दिनुहोस