नेपाल पस्याे मनसुन, आजै रातिबाट वर्षा हुने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४५६ पटक पढिएको
नेपाल पस्याे मनसुन, आजै रातिबाट वर्षा हुने

जेठ ३०, काठमाडौं । नेपालमा आज (शुक्रबार) देखि मनसुन प्रवेश गरेको र अब यसले मौसमी गतविधि बढाउने भन्दै आवश्यक तयारीमा लाग्न मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले अाज (शुक्रबार) साँझ ६ बजे विशेष बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको जानकारी दिएको हो। मनसुन प्रवेश गर्नु भनेकाे वर्षा याम सुरु हुनु हाे।

सामान्यतया मनसुन जुन १० मा नेपाल प्रवेश गर्ने भए पनि यस वर्ष २ दिन ढिला गरी जुन १२ अर्थात् आज प्रवेश गरेको महाशाखाले जनाएकाे छ।

मनसुन प्रवेशसँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा आवश्यक सतर्कता अपनाउन तथा मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न महाशाखाले सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस