मेलम्चीको ड्याम फुट्दा दुई बेपत्ता

नौलो समाचार संवाददाता
२०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ७२२ पटक पढिएको
मेलम्चीको ड्याम फुट्दा दुई बेपत्ता

असार ३०, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा दुईजना बेपत्ता भएका छन्। वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध बगाउँदा आयोजनामा कार्यरत दुईजना बेपत्ता भएका हुन्।

आयोजनाको मुहानमा रहेको १७ नम्बरको बाँध बगाउँदा आयोजनामन कार्यरत इन्जिनियर २६ वर्षका शतिश बैध र गाडी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोस बुढाथोकीका अनुसार आयोजनाको काममा गाडीमा सवार उनीहरूलाई बाँध फुटेपछि बढेर आएको पानीले करिब साँढे साढे १२ बजे गाडी सहित बगाएको थियो।

बगाएको केही तल गाडी देखिएपनि बेपत्ताहरू नभेटिएको सई बुढाथोकीले बताए। बगाउँदा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइराखेको छ।


प्रतिक्रिया दिनुहोस