पनौतीका ब्यवसायी सैजुद्धारा कोरोनाका बिरामी राख्नका लागि घर उपलब्ध गराउने घोषणा

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित १२७३ पटक पढिएको

पनौतीका ब्यवसायी सैजुद्धारा कोरोनाका बिरामी राख्नका लागि घर उपलब्ध गराउने घोषणा

चैत १०, काभ्रे  । ब्यवसायी राजेश सुन्दर सैजुले पनौतीमा रहेको आफ्नो घर कोरोनाका बिरामी राख्नका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पनाैतीमा रहेकाे ८ काेठाकाे घर क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् ।

काभ्रे मिनी बस सेवा समिति र रोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका सैजुले पनौतीको ढलमलेमा रहेको ८ कोठाको तीन तल्ले घर पूरै क्वारेन्टाइनका लागि दिने बताएका छन् ।

८ काेठाकाे घर आधुनिक सुबिधा सम्मपन्न रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस