रोशीको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमालय माविलाई

नौलो समाचार संवाददाता
२०७८ बैशाख २, बिहिबार मा प्रकाशित ७८३ पटक पढिएको
रोशीको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमालय माविलाई

बैशाख २, काभ्रे। रोशीमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भव्यताका साथ सम्पन्न भएको छ । चैत २९,३० र ३१ गतेसम्म चलेको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा रोशी गाउँपालिका-६ सिपालीको हिमालय माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । ४ ओटा विधा अन्तर्गत हिमालय माविले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक जितेको थियो । त्यस्तै रोशी १० वाल्टीङ्गको श्री पञ्चकन्या माविले ४ स्वर्ण, १ रजत र १ कास्य गरी ६ पदक प्राप्त गरी दोश्रो स्थान  तथा २ स्वर्ण ३ रजत र १ कास्य गरी ६ पदक जितेर शिखरअाम्बोटेको श्री लक्ष्मीनारायण मावि  तेश्रो हुन सफल भएको हो।

त्यस्तै नागदेवी मावि माटेले २ स्वर्ण र १ कास्य, पोक्रा मावि भिमखोरीले १ स्वर्ण, ४ रजत र २ कास्य, रोशी मावि कटुञ्जेले १ स्वर्ण २ रजत र ३ कास्य पदक, भिमेश्वर मावि माम्तीले १ स्वर्ण र १ रजत, जुगेश्वर माविले १ स्वर्ण पदक हात पारेको हो । खेल अवधिभर १६ ओटा गोल्ड मेडल, १६ ओटा सिल्भर र १६ ओटा ब्राउन मेडल गरी जम्मा ४८ ओटा मेडलहरु प्रदान गरिएको रोशी गाउँपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर तामाङले बताए ।

विजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा, रोशी गाउँपालिका का अध्यक्ष डी. बि. लामा,  रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल,शिक्षा शाखा प्रमुख राम बहादुर तामाङ, रोशी मावि का प्र. अ. बिन्दु ढुंगाना लगायतले खेलाडी हरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी हरी खतिवडाले खेलाडी देशको कर्णधार खेल सँगै खेलाडी को मनोबल उच्च बनाउन सबैजना लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले प्रतियोगिता सौहार्दपूर्ण, उत्साहबर्दक तरिकाले समापन भएको भन्दै जसले जितेनी रोशी गाउँपालिका को नै जित भएको बताएका थिए । आगामि दिनमा जिल्ला स्तरीय, प्रदेश स्तरिय, राष्ट्रिय स्तरीय प्रतियोगिताको तयारीको लागि अगाडि बढ्न खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले पढाइ सँगै खेलकुद को महत्व धेरै रहेको भन्दै पढाइ र खेल लाई सँग सँगै लगिनु पर्ने बताएका थिए । गाउँपालिकाले विद्यालय खेलकुद लाई प्राथमिकतामा राखिएको बताएका थिए ।

प्रतियोगितामा भलिवल, कपड्डि, दौड, हाईजम्प, लङजम्प, सटपुट लगाएतको खेलहरु समावेस गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस