सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए

नौलो समाचार संवाददाता
२०७५ माघ २५, शुक्रबार मा प्रकाशित ४०९ पटक पढिएको

सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए
सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए

अमेरिकाको उत्तरी कोलोराडोमा एक अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ । सिंहसँग आमनेसामने भएपछि सिंह मानिसमाथि भारी पर्ने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । तर अमेरिकामा यस्तो भएन । सिंहले एक व्यक्तिमाथि हमला गरेर आफ्ना लागि मृत्यु निम्त्याएको छ । अमेरिकाको वन्यजन्तु अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उत्तरी कोलोराडोको बाटोमा हिँडिरहेका एक पहाडी सिंहले युवकमाथि हमला गरेको थियो । युवकले सिंहको घाँटी थिचेर हत्या गर्यो । कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफका अनुसार युवक गत सोमबार फोर्ट कलिन्स नजिकै हर्स ब्लूटूथ माउन्टेन ओपन स्पेसमा एक्लै दौडिरहेका थिए त्यति नै बेला सिंहले पछाडिबाट हमला गर्यो । सिंहसँग संघर्षका बेला युवकको अनुहार र हातमा चोट लाग्यो । यति हुँदा हुँदै पनि उनी सिंहलाई मार्न सक्षम भए । युवकलाई गम्भीर चोट लागेका कारण अस्पतालमा भर्ना गरिएको छ । उनी चाँडै नै ठिक हुने डाक्टरले आशा जताएका छन् । अधिकारीले युवकको पहिचान सार्वजनिक गरेका छैनन् । सिंह एक वर्षभन्दा पनि कम उमेरको भएकाले युवकलाई रेबिज लाग्ने सम्भावना निकै कम भएको डाक्टरले जानकारी दिएका छन् । कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफकी प्रवक्ता रेबेका फैरेलले भनिन्, ‘युवकको इच्छाशक्ति र उनी निडर भएका कारण सिंहको हत्या गर्न सफल भए ।’ पहाडी सिंहको हमला दुर्लभ छ किनभने उनीहरु मानिसहरु देख्ने बित्तिकै भाग्छन् । उत्तर अमेरिकामा सय वर्षभन्दा बढी वर्षमा जनावरद्वारा २० भन्दा पनि कम मानिस मारिएको घटना सार्वजनिक भएको छ ।


प्रतिक्रिया दिनुहोस