काभ्रेमा मनाइयो राष्ट्रिय नृत्य दिवस 

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित ३०७ पटक पढिएको

काभ्रेमा मनाइयो राष्ट्रिय नृत्य दिवस 

बनेपा / तेस्रो संस्करणको राष्ट्रिय नृत्य दिवस बनेपामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्य, नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा नृत्य निर्देशक संघ केन्द्रिय समितिले बनेपामा नृत्य प्रदर्शन गरि दिवस मनाएको हो ।

सबै प्रदेशका विभिन्न जिल्लाबाट आएका सहभागीले विभिन्न समुदायको सास्कृतिक नृत्य प्रस्तुत गरेको काभ्रे जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले जानकारी दिए ।

कार्यक्रममा काभ्रेका अग्रग, वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान र भुषण भोमी श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपालका पहिलो लोक नृत्य निर्देशक मानिने, वरिष्ठ , ९१ वर्षिय नृत्य निर्देशक भैरवबहादुर थापालाई जन्मोपहार शुुभकामना सम्मान प्रदान गरिएको थियो ।

राष्ट्रिय रुपमा नृत्य दिवस मनाउन सरकारलाई दवाब दिन नृत्य निर्देशक सङ्घले ३ बर्ष देखि दिवस मनाउदै आएको केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पालि ठकुरीले नृत्यले सिङ्गो नेपालको चित्र देखिएको बताइन् । उनले राष्ट्रिय दिवसको मान्यता दिनको लागि प्रधानमन्त्री संग प्रस्ताव गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस