काठमाडौँ —त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ ।
पोखराका लागि रनवेबाट उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।
बुधबार करिब ११ बजे विमानस्थल नजिकै दुर्घटना भएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार , उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना छन् ।
विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस