सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, पाइलटको उद्धार

नौलो समाचार संवाददाता
२०८१ श्रावण ९, बुधबार मा प्रकाशित ६२५ पटक पढिएको

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, पाइलटको उद्धार
तस्वीर : सामाजिक सन्जाल

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

घाइते भएका पाइलट मनिषरत्न शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो ।

विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै तल भुईँमा बजारिएको थियो ।






प्रतिक्रिया दिनुहोस