पनौतीमा अब्यवस्थित बिजुलीको पोल हटाइने

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित १६०५ पटक पढिएको

पनौतीमा अब्यवस्थित बिजुलीको पोल हटाइने

चैत ४, काभ्रे । काभ्रेको पनौती नगरपालिकाको सडक दायाँबाया रहेका अब्यवस्थित बिजुलीको पोल हटाइने भएको छ । नगरपालिकामा भएको त्रिपक्षिय छलफलमा अब्यवस्थित पोल हटाउन नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले व्यवस्थित गरिदिने प्रतिबद्धता जनाएको हो ।

नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर र निमार्ण व्यवासायीहरु बीच सोमबार भएको अन्र्तक्रिया कार्यक्रममा यस्तो सहमति भएको नगरपालिकाका प्रमूख भिम न्यौपानेले जानकारी दिए । उनका अनुसार बनेपा देखी खोपासी सम्मको सडकमा रहेका अव्यवस्थित बिजुलीको पोल हटाइनेछ । यसका लागि आर्थिक सहयोग भने डिभिजन सडक कार्यालय भक्तपुरले ब्यहोर्ने छ ।

त्यसैगरी पनौतीको बसपार्कमा रहेको पुल र बनेपाको रातो पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा पनि छलफल भएको नगरपालिकाका प्रमूख न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस