तेमाल र पाँचखालमा कोरोना भाइरस सचेतनासंगै स्वास्थ्य परीक्षण सुरु

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ७८४ पटक पढिएको
तेमाल र पाँचखालमा कोरोना भाइरस सचेतनासंगै स्वास्थ्य परीक्षण सुरु

चैत ७, काभ्रे ।  काभ्रे तेमाल गाउँपालिकाद्धारा कोरोना भाइरस सम्बन्धि सचेतनासंगै स्वास्थ्य परीक्षण सुरु गरेको छ । तेमालको प्रवेशद्वार मानिने कालिकाटीमा गाउँपालिकाले हेल्थ डेस्क राखेर आज शुक्रबारदेखि स्वास्थ्य परीक्षण थालेको हो । उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिइने ।

कालिमाटीमा बिहीबार कोरोना भाइरस परीक्षण सम्बन्धी हेल्थ डेस्क स्थापना गरेको थियो । आज विहानदेखि तेमाल गाउँपालिकामा आवातजावात गर्ने सबैको स्वास्थ्य परीक्षण गरिरहेको उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । बोहोरेदोभानमा पनि हेल्थ डेस्क स्थापना गरिने र आइतबारबाट स्वास्थ्य परिक्षण सुरु गरिने उनले जानकारी दिईन् ।

कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन गर्नका लागि सबै कर्मचारीलाई हाई अलर्टमा राखिएको तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं तामाङले बताए ।

हरेक दिन विहान ६ बजेदेखि साझँ ६ बजेसम्म स्वास्थ्य परीक्षण गरिने हेल्थ डेस्कमा प्रहरीसहित अहेव र नर्स १/१ जना राखिएको पालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिए ।

पाँचखालमा पनि कोरोना भाइरस सम्बन्धि हेल्प डेक्स

पाँचखाल नगरपालिकामा पनि कोरोना भाइरस सम्बन्धि हेल्प डेक्स स्थापना गरएिको छ । नगरपालिकाको मुल गेटमा हेल्प डेस्क संचालनमा ल्याईएको छ । आज दिउँँसो बाट नगरपालिकाले पाँचखाल प्राथमिक केन्द्रमा कोरोनाको आइसुलेशन कक्ष स्थापना गरेको हो । नगर प्रमुख महेश खरेलले नगरले पुर्ब तयारीमा रहन आइसुलेशन कक्ष स्थापना गरेको जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ ।

साथै नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई एक दिने प्रशिक्षण दिएको छ । स्वास्थ्य संस्था प्रमुख, स्वयमेसेविका, विद्यालयमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस