काभ्रेको धुलिखेलमा ५० बेडको क्वारेन्टाइन निर्माण

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ९०९ पटक पढिएको
काभ्रेको धुलिखेलमा ५० बेडको क्वारेन्टाइन निर्माण

चैत १०, काभ्रे  । काभ्रेस्थित धुलिखेल नगरपालिकाले काेराेना भाइरसका संक्रमित राख्न धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन कक्ष तयार पारेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा नगरपालिकाले क्वारेन्टाइन तयार गरेको हो ।

आइतबार नगरपालिकामा बसेको बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल र विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सञ्जिवनी माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

बैठकले त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको थियो । बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको छ । कुनै संकट आइलागे १६६-०१-१४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख ब्याञ्जुले बताए ।

प्रतिक्रिया दिनुहोस