कोरोना संक्रमित किशोरीसँगै आएका काभ्रेका २ युवा सम्पर्कमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित १०९१ पटक पढिएको
कोरोना संक्रमित किशोरीसँगै आएका काभ्रेका २ युवा सम्पर्कमा

चैत ११, काभ्रे । नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका दुई युवा सम्पर्कमा आएका छन्। यसमध्ये बनेपा नगरपालिका–२ नालाका एक युवा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन्।

त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतिराम तिमल्सिनाले जानकारी दिए।

बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ।

उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइनमा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन्।

फ्रान्सबाट कतारको कतारको दोहा हुँदै यही चैत्र ४ गते नेपाल आएकी एक १९ वर्षीय किशोरीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!